काठमाडौं, २६ कार्तिक । सूर्य र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरूको महान पर्व छठको अवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।
तिमिल्सिनाले सोमबार एक विज्ञप्ति जारी गर्दै छठ पर्व–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । ‘यस पर्वको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघाट तथा सम्बन्धलाई सुमधुर बनाउनुका साथै एक आपसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।’
उनले यस छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पुरा गर्न प्ररेणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया