राष्ट्रियसभा अध्यक्षद्वारा शुभकामना

समाचार

3/8/2019

काठमाडौं, २४ फागुन । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।

‘नेपाल लगायत विश्वभर मनाउन लागिरहेको अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख शान्ति एवं समृद्धिको कामना गर्दछु ।’ अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।

महिलाको नीति निर्माणलगायत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि कोपनहेगनमा मार्च ८ मा भएको अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनबाट विश्व महिला दिवस मनाउने सकारात्मक पहल शुरु भएको हो ।

महिला र पुरुष सँग–सँगै हिँड्ने वातावरणको श्रृजना गरी समतामुलक समाज निर्माण गर्ने अभिप्रायका साथमा सो समयदेखि विश्वभर महिला दिवस मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ