राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

समाचार

1/22/2020

काठमाडौं, ८ माघ । बिहीबार सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेका छन् ।

निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरू सहित खटिई मतदान केन्द्रको निर्माण कार्य समेत सपन्न भइसकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मिति २०७६ पुस १५ गते देखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेको जिल्लाका सातजना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा मिति २०७६ पुस ११ गतेदेखि नियुक्त गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तह सदस्यतर्पm २८४ गरी ३६७ जना मतदाता रहेका छन् ।

प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्पm १०७ र स्थानीय तह सदस्यतर्पm २७२ गरी ३७९ जना मतदाता रहेका छन् । बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्पm ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्पm ६० र स्थानीय तह सदस्यतर्फ.१७० गरी २३० जना मतदाता रहेका छन् । प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ ।

यस स्थलमा प्रदेश सभा सदस्यतर्पm ८७ र स्थानीय तह सदस्यतर्फ २१८ गरी ३०५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्पm ४० र स्थानीय तह सदस्यतर्फ १५८ गरी १९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १७६ गरी २२९ जना मतदाता रहेका छन् ।
यसरी सातवटा प्रदेशमा प्रदेश सभा सदस्यतर्फका ५५० र स्थानीय तह सदस्यतर्पm १,५०६ गरी कूल २,०५६ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।

प्रदेश १ मा महिला, दलित र अन्य समूहमा गरी तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा गरी चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना गरी चारजना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा गरी तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना चारजना समेत कुल १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

प्रदेश १ मा महिला, दलित र अन्य समूहमा ३÷३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २÷२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा महिला र अन्य समूहमा ३÷३ जनाको दरले ६ जना उम्मेदवार, गण्डकी प्रदेशमा महिला समूहतर्पm २ र अन्य समूहतर्पm ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा महिला समूहतर्पm २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्पm ३ र अन्य समूहतर्पm ४ गरी ९ जना उम्मेदवार, कर्णाली प्रदेशमा महिला र अन्य समूहमा २÷२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहमा २÷२ जनाका दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । यसअनुसार सातवटा प्रदेशमा महिला समूहतर्पm १६ जना, दलितसमूहतर्पm ५ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्पm ५ जना र अन्य समूहतर्पm १९ गरी कूल ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएकोछ ।

प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६,२६० थान मतपत्र छपाइ गरी राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने प्रदेशगत समूह र मतदाता संख्याको आधारमा सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पठाई सकिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मिति २०७६ पुस २७ गतेबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत निर्वाचन आचार संहिताले तोकेका सबै सरोकारवालाहरूले पालना गर्ने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ । निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात मिति २०७६ माघ ६ गते सोमबार राती १२ः०० बजे देखि मौन अवधि शुरु भइसकेको छ ।

मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि कार्य गर्न गराउन पाइने छैन । मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ ।

यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइनेछैन ।

मौन अवधिको पालन प्रभावकारी रूपमा गर्नु गराउनु भई राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति लगायत आमनागरिकलाई निर्वाचन आयोग अनुरोध गर्दछ ।

निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता विपरितका कुनै कार्य गर्न प्रयत्न भएमा तत्काल रोक्न र सो को जानकारी आयोगलाई गराउन, मतदान कार्य सम्पन्न भएपश्चात आवश्यक व्यवस्था मिलाई मतगणना कार्य गर्न र नतिजा सार्वजनिक गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिई सकिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ