काठमाडौं, २८ असार । लगातारको वर्षाका कारण मधेशलगायत समग्र देशमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय जनता पार्टी नेपालले दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा जुट्न आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ ।
राजपा अध्यक्षमण्डलका संयोजक अनिल कुमार झाले शनिबार एक विज्ञप्ति जारी गर्दै यस दुःखद खडीमा धैर्य धारण गरी साहसका साथ उद्धार र राहत कार्यमा जुट्न सबैमा अपील गरेका छन् ।
विपद्को यस घडीमा बचाउ, उद्धार र राहतमा संवेदनशीलता एवं तदारुकताका साथ अगाडि बढ्न राजपा नेपालले नेपाल सरकार एवं प्रदेश सरकारसँग आग्रह गर्दै त्यसमा सहयोग गर्न नेपालका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं सहयोगीहरुलाई आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया