राहत तथा उद्धारमा जुट्न समाजवादी पार्टीको आह्वान

समाचार

7/13/2019

जनकपुरधाम, २८ असार । समाजवादी पार्टी नेपालले बाढी पीडितहरुको राहत तथा उद्धारमा जुटन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का अध्यक्ष विजय कुमार यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका छन् ।

केही दिनदेखिको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष यादवले सम्बन्धित निकायहरुलाई राहत तथा उद्धारका लागि ध्यानाकर्षण समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ