जनकपुरधाम, २९ असार । बाढीबाट प्रदेश २ मा आएको विपद व्यवस्थापनबारे मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सुरक्षा निकायसँग बैठक गरेका छन् ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।
विपद् व्यवस्थापनमा खटिएको सुरक्षा निकायका लागि लाइफ ज्याकेट, सोलार चार्जर उपकरण, रबर बोट लगायतको उद्दार समाग्रीको व्यवस्थापन गर्नुपर्ने धारणा सुरक्षा निकायका प्रमुखहरुले राखेका छन् ।
उद्धारपछि राहत वितरण कार्यलाई प्रभावकारी तरिकाले अगाडी बढाउन मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।
प्रदेश सरकारले राहत वितरणको लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०÷१० लाख, मृतक परिवारलाई तीन लाख आर्थिक सहयोग गर्ने निर्णय यसअघि गरेको थियो ।
तपाईको प्रतिक्रिया