लुकाईछिपाई राखेको काठ बरामद

समाचार

2/25/2019

सिरहा, १२ फागुन । लहान नगरपालिका–१८ सोभापुरस्थित स्माईल मियाको घरबाट शनिबार गोठमा लुकाईछिपाई राखेको सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सति सालको काठ १ थान र सिसौको काठ ६ थान गरी करिब ३० किबि काठ शनिबार प्रहरीले बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले मियाको गोठमा लुकाईछिपाई राखेको उक्त काठ फेला पारी बरामद गरेको हो । बरामद गरेको काठ जिल्ला वन कार्यालय लहानमा बुझाई हाल फरार मियाको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ