मोरङ, १५ साउन । सुन्दरहरैचा नगरपालिका–१० स्थितबाट लुकाई छिपाई ल्याएको अन्दाजी २ सय लिटर अवैध घरेलु मदिरा सहित झापा मेची नगरपालिका–१३ बस्ने ४५ वर्षीय खेम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले मगंलबार बिहान काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे.१ ख १९८९ नम्बरको बस जाँच गर्ने क्रममा बस लुकाई छिपाई ल्याएको उक्त मदिरा फेला पारी चालक नेपालीलाई पक्राउ गरेको हो ।
बरामद भएको मदिरा तथा चालक नेपालीलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया