लक्ष्यभन्दा कम राजस्व संकलन

समाचार

7/19/2019

विराटनगर, २ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि निर्धारण गरेको लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आर्थिक वर्षमा ४० करोड ७६ लाख रूपैया राजस्व संकलन गरेको जानकारी दिए ।

सो रकम महानगरपालिकाले तय गरेको लक्ष्य भन्दा १४ करोड रूपैयाँ कम हो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार, महानगरपालिकाले सम्पत्ति करतर्फ सबैभन्दा बढी ११ करोड ४८ लाख ८४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ