काठमाडौं, २१ साउन । लोकसेवा आयोगको विज्ञापनविरुद्ध देशव्यापीरुपमा आन्दोलनले आकार लिइरहेको छ ।
काठमाडौंकेन्द्रित आन्दोलनले लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयले नसुनेपछि आन्दोलन देशव्यापीरुपमा अगाडि बढिरहेको छ ।
आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित लगायत समग्र नेपालका उत्पीडित समुदाय वर्ग आन्दोलित भइरहेका छन् ।
असंवैधानिक र असमावेशी विज्ञापन रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले साउन ३२ गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ ।
तपाईको प्रतिक्रिया