लोकसेवा आयोगको विज्ञापनविरुद्ध काठाडौंमा विशाल जुलुस प्रदर्शन

समाचार

7/16/2019

काठमाडौं, ३१ असार । लोकसेवा आयोगले गरेको असंवैधानिक विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम लगायत उत्पीडित समुदायका व्यक्तिहरुले विशाल जुलुस प्रदर्शन गरेका छन् ।

तराई मधेश राष्ट्रिय परिषद्को पूर्वघोषित कार्यक्रमअनुसार मंगलबार विशाल जुलुस निकालिएको हो । स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले प्रदर्शन गरेको छ ।

लोकसेवाले विज्ञापन नसच्याएर परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म चेतावनी आन्दोलकारीहरुले दिएका छन् ।

लोकसेवा आयोगको विज्ञापनविरुद्ध नेपाल बन्दको घोषणासमेत गरिसकेको छ । यसअघि सिठी जुलुस, राके जुलुस, पर्चा पम्प्लेट वितरण, माइतिघर मण्डलामा धर्नालगायतका कार्यक्रमहरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ