लाखौंको चोरीपैठारीका सामान जफ्त

समाचार

9/24/2018

महोत्तरी, ८ असोज । जलेश्वर भन्सार कार्यालयले १७ लाख पचास हजार भन्दा वढीको सामग्री आइतवार जफत गरेको छ । जलेश्वर भन्सार कार्यालय र शसस्त्र प्रहरी बल राजश्वर गुल्म समेतको संयुक्त गस्तीले जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. २ कटटीबाट रेडिमेड र सुर्ती सहित एक भारतिय नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।

राजश्व नतिरी चोरी पैठारी गरि नेपाल भित्र्याईएको सामानहरु भन्सार कार्यालयले जफत गर्न सफल भएपनि सामग्री ल्याउने भने भागेको जलेश्वर भन्सार कार्यालय प्रमुख केशव भण्डारीले बताए ।

जफत गरिएको सामग्रीमा भिआईपी सुटिंग कपडा ९ बोरा,भिआईपी सटिंग कपडा ३ बोरा,साडी १ बोरा,रेडिमेड एक वोरा तथा सुती ११ बोराका साथै भारतिय नंम्वरको प्लाटिना मोटरसाईकल रहेको छ ।

भन्सार प्रमुख भण्डारीले जफत सामग्री मध्ये रेडिमेड तथा सुटिंग सटिंगका कपडाहरु दशै लक्षित गरेर नेपाली व्यापारीहरुको लागि ल्याइएको हुन सक्ने र व्यापारी वारे समेत आफुहरुले पत्ता लगाईरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ