लागूऔषधसहित पक्राउ

समाचार

7/30/2019

रुपन्देही, १४ साउन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका २ जामुने बस्ने २५ वर्षिय खुमबहादुर थापा छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा नोफिन २४ बोतल, फेनारगन २४ बोतल डाईजिपाम २४ बोतल र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका निज थापालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ