लागूऔषधसहित पर्सामा दुई पक्राउ

समाचार

1/21/2019

पर्सा, ७ माघ । वीरगंज महानगरपालिका–१५ स्थित बर्मचोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

चितवन भरतपुर महानगरपालिका–८ बस्ने २५ वर्षीय जमिन बिक र सोही ठाउँ बस्ने ३० वर्षीय शंकर लामालाई नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ