बाँके, ७ मंसिर । नेपालगंज उपमहानगरपालिका–२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र नगद ७० हजार रुपैयाँ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २५ वर्षीय सुमित बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भे.७ प १४८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरका चालक बोहरालाई उक्त परिमाणको लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया