लागूऔषधसहित रुपन्देहीमा दुई जना पक्राउ

समाचार

7/2/2019

रुपन्देही, १७ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ घर भई काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने ३२ बर्षिय नवराज गुरुङ र सोही महानगरपालिका २३ बस्ने ३४ बर्षिय राहुल राज भण्डारी छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट नुफिन २७ बोतल, फेनारगन २७ बोतल, डाइजापाम २७ बोतल, नाईट्रोजेपाम एक सय वटा र स्मास्मो प्रोक्सिभन १ सय ४४ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ