लागूऔषध तथा नक्कली रुपैयाँसहित एक जना पक्राउ

समाचार

7/27/2019

कपिलवस्तु, १० साउन । मायादेवी गाउँपालिका–४ चाकरचौडास्थित पिपराबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने (नम्बर एउटै भएको) नेपाली ५ सय दरका नोट ८८ थान (४४ हजार) रुपैँयासहित एक जना पक्राउ परेका छन् ।

बस चालक सोही ठाउँ बरकुल बस्ने २६ वर्षीय देउकीनन्दन कसौधनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चाकरचौडातर्फ आउँदै गरेको लु.१ क १५५४ नम्बरको पिस ग्लोबल इङ्लिश बोर्डिङ स्कूलको बसलाई बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको टुलबक्समा उक्त सामानहरु फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ