सर्लाही, २५ साउन । लागूऔषध मुद्दाका फरार अभियुक्त लालबन्दी नगरपालिका–६ घर भएका ३८ वर्षीय संगम भन्ने बीरबहादुर वाईवालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका–९ मा गत जेठ १ गते राति बिआर ३० जिपि १४५८ नम्बरको जिपमा अवैध लागूऔषध गाँजा १ सय ५२ केजी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको घटनामा वाईवा वारदात पश्चात फरार रहेका थिए ।
वाईवालाई जिल्ला अदालत सर्लाहीको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया