बाँके, ६ साउन । नेपालगंज उपमहानगरपालिका–१० स्थित सडकबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिक–९ बस्ने १८ वर्षीय रोहित बुढा र कालिकोट शुभकामना गाउँपालिका –३ बस्ने २१ वर्षीय प्रकाश रोकायलाई लागुऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई जाँच गर्दा जुत्तामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया