लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

समाचार

11/26/2019

कपिलवस्तु, १० मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि भब्यरुपमा सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर भण्डारीको प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कार्यलय प्रमुख पुन्य गौतम,उधोग बाणिज्य संघका अध्यक्ष,लाइन्स क्लबका अध्यक्ष दिनेश चन्द्र गुप्त, राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफी, प्रदेश नं ५ मदरसा संघका उपाध्यक्ष मौलाना मसूद खां नेपाली विभिन्न संघ सस्थाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रम आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्माले सन्चालन गरेका थिए ।

कार्यक्रममा पि.आर.सि का सयोजक भुमिराज भट्टराईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा राजश्व कार्यलयका प्रमुखलगायत विभिन्न ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न सयोजक केसर बिश्वकर्माले आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ