रौतहट, २३ मंसिर । लैंगिङ हिंसा विरूद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत चन्द्रपुर नगरपालिका–४ स्थित हिमालयन होटल अगाडि आइतबार आयोजित कार्यक्रमबीच ‘हिंसारहित समाजको निर्माण गरौं, घरेलु हिंसा बन्द गरौं’ भन्ने सन्देशमूलक स्टिकर सार्वजनिक सवारी साधनहरुमा टाँसिएको छ ।
प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीको उपस्थितिमा उक्त ठाउँमा ‘समानताको पुस्ताः बलात्कारी विरुद्ध ऐक्यबद्धता’ भन्ने नारा सहित उक्त स्टिकर विभिन्न सार्वजनिक सवारी साधनहरुमा टाँसिएको हो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक अधिकारीले लैंगिङ्क हिंसा विरुद्ध सरोकारवाला सबै निकायबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रौतहट र चन्द्रपुर नगरपालिका रौतहटको सहकार्य तथा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहट तथा आरडिसी नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चन्द्रपुर नगरभित्र रहेका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरु, स्थानीय बासिन्दा, स्थानीय संचारकर्मी लगायत यात्रुहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया