कपिलवस्तु, २८ कार्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन् ।
वडा नं. १० को अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्र्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्र्टी नेपालबाट तीर्थ बहादुर रायमाझी, राजपाबाट मन्जु मिश्र, जनमत पार्टीबाट महोमम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । शान्त व्यवस्थित तरिकाले उम्मेदवार दर्ता भएको निर्वाचन अधिकृत लोकजंग शाहले बताए । स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी,रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
तपाईको प्रतिक्रिया