जनकपुरधाम, ११ असोज । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्तको लागि समाजको सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालय तथा महिला बालबालिका तथा समाजिक न्याय समितिको आयोजनामा जनकपुरमा सम्पन्न लैङ्गिक हिंसा सम्बन्धि न्यायिक प्रक्रिया विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले समाजको सोच परिवर्तन नभए सम्म लैङ्गिक हिंसा अन्त हुन सक्ने बताए ।
समाजिक संरचना, पितृ सतात्मक सोच र कुरितिहरुले लैङ्गिक हिंसालाई बल दिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले ती सबै समस्याहरुको एकमुष्ट समाज विभेदमा रहेका समूहलाई शिक्षित बनाउनु रहेकोले नै प्रदेश सरकार बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रम संचालनमा ल्याएको उल्लेख गरे ।
मुख्यन्यायधिवक्ता दिपेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्ल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश हरी कुमार पोखरेल, महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राइन सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया