लुम्बिनीमा बढ्दै चिनियाँ पर्यटक

समाचार

11/13/2019

भैरहवा, २७ कार्तिक । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने चिनियाँ र म्यानमारका पर्यटक बढ्दै गएका छन् ।

अघिल्लो वर्ष भदौ १३ गते म्यानमारका राष्ट्रपति विन मिन्टको लुम्बिनी भ्रमणपछि त्यहाँका नागरिक लुम्बिनी घुम्न अत्यधिक आएका छन् ।

राष्ट्रपति मिन्टको भ्रमणले म्यानमारेली नागरिकमा लुम्बिनीको महत्व थप बढेको जानकार बताउँछन् । सामान्यरुपमा बढिरहेका चिनियाँ पर्यटक अघिल्लो महिना राष्ट्रपति सी चिनफिङको भ्रमण पछि अझै बढ्ने अपेक्षा गरिएको छ।

नेपाल भ्रमणका क्रममा सीले आफ्ना नागरिकलाई नेपाल घुम्न आह्वान गरेका थिए । चिनियाँहरुमा लुम्बिनीप्रतिको मोह विस्तारै बढ्दै गएको देखिन्छ ।

त्यहाँका राष्ट्रपति सीको नेपाल भ्रमण भइसकेकाले आगामी दिनमा चिनियाँ अझै धेरै आउने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ