रुपन्देही, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाउन शुरु गरेको छ ।
वार्षिकोत्सवको लुम्बिनीमा उद्घाटन गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुसङ्कायमा आधारित विश्वविद्यालयका रुपमा विकसित गर्नुपर्ने बताए ।
पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभाका सांसद पौडेलले बौद्ध दर्शन मात्रै अध्यापन हँुदा विद्यार्थीको सङ्ख्यासमेत कमी भएको भन्दै बहुविषयमा अध्ययन अध्यापन जरुरी भएको बताए । उनले बुद्ध दर्शनलाई प्राथमिकता दिएर अन्य विषय समावेश गरेमा विश्वविद्यालयले गति लिने बताए । उनले भने, “१४ वर्षसम्म पनि विद्यार्थीको सङ्ख्या बढेन, अब कानून संशोधन गरेरै भए पनि मल्टी फ्याकल्टी प्रणालीमा जानुको विकल्प छैन ।” विश्वविद्यालयले नयाँ सम्बन्धन दिन नमिल्ने मिल्दैन उनले भने, “नेतृत्वले कानूनी सीमा नमिचाँै, मिचे दुःख पाइन्छ ।”
राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले बौद्ध दर्शन शिक्षा र लुम्बिनीको माध्यमबाट पर्यटन विकास गर्न सकिने भन्दै अवको योजना त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले बौद्ध दर्शनको अध्ययनसँगै व्यावहारिक प्रयोगमा विशेष जोड दिनुपर्ने बताए । प्रदेश नं ५ का प्रदेशसभा सदस्य फकुरुद्दिन खानले लुम्बिनीमा बहुविषययुक्त क्याम्पसको आवश्यक भएको भन्दै लुम्बिनीलाई बौद्ध दर्शनमा मात्रै सीमित गर्न नहुने बताए ।
तपाईको प्रतिक्रिया