रौतहट, २७ असार । लगातारको वर्षाका कारण लालबकैया नदीमा आएको बाढीले जिल्लाका आधा दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् ।
नदीको कटानका कारण अन्य क्षेत्रमासमेत बाढीको त्रास बढ्दै गएको छ । अविरल वर्षाका कारण रौतहटसहित देशैभरका जनजीवन प्रभावित भएको छ ।
बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
तपाईको प्रतिक्रिया