वृक्षारोपण कार्यक्रम प्रारम्भ

समाचार

9/22/2019

काठमाडौं, ४ असोज । राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको क्रममा हटाइएका रुख विरुवाहरुको बदला वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत “संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६” को पुनित अवसरमा कोल्हवी न.पा., डिभिजन वन कार्यालय तथा द्रुतमार्ग सडक आयोजनाको संयुक्त सहभागितामा बारा जिल्लाको कोल्हवी नगरपालिकामा बृहत वृक्षारोपण प्रारम्भ भएको छ ।

कोल्हवी न.पा.वडा नं.ड शान्तिटोल स्थित राष्ट्रिय वन क्षेत्रमा रहेको ५.६१ हेक्टर खाली जग्गामा टिक, सिमल, सिरिश तथा जामुन जातका करिब ५,००० गोटा नयाँ विरुवा रोपिएका छन् भने सोही क्षेत्रमा आफैं उम्रिएका करिब ३,००० गोटा साल तथा अन्य जातका रुख विरुवाहरु लगायत नयाँ रोपिएका विरुवाहरुलाई तारबार गरि संरक्षण गर्ने कार्य समेत भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ