विकासमा काम देखेर अवरोध सिर्जना गर्न खोजियो : श्रेष्ठ

समाचार

11/5/2019

कपिलवस्तु, १७ कार्तिक । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाको विकासको गति देखेरे विभिन्न तत्वहरुले विकासमा अवरोध खडा गर्न लागेको बताएका छन् ।

नगरपालिकाको विभिन्न समाचार तथा टिका टिप्पणी बाहिर आएपछि आइतबार नगरपालिकामा जिल्लाका कृयाशिल पत्रकारलाई बोलाएर नगर प्रमुख श्रेष्ठले पछिल्ला घटनाको बारेमा जानकारी गराएका छन् ।

जिल्लामै भौतिक विकासका साथै सामाजिक विकासका कामहरु देखेर अन्य पक्षले नगरपालिकाका अनावश्यक रुपमा बखेडा मच्चाउन लागेको उनले बताए ।

नगरपालिकाले पूर्ण खोप, बालविवाह मुक्त नगर, साक्षर नगर जस्ता काम गर्दा विपक्षीहरुलाई समस्या भएकोले कर्मचारीको विषय लिएर अनावश्यक प्रचार गर्न लागेको श्रेष्ठले बताए ।

दुई बर्षे कार्यकाल सकेर रुकुमको मुसीकोट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या पुनः थमौती लिएर नगरपालिका आए पछि विवाद बढ्दै गएको उनले बताए ।

समय पुगेपछि कर्मचारी सरुवा हुनु स्वभाविक प्रक्रिया रहे पनि प्रमुख प्रशासकीय अधिकृत पाध्याले अनावश्यक किचलो झिक्ने काम गरेको बबताए ।

‘दुई बर्षे कार्यकाल सकाएर सरुवा भई गएका व्यक्ति फेरी थमौती मागेर नगरपालिकामा आउनु नै समस्याको मुख्य जड हो उनले भने, “पटक पटक बुद्धभूमिमै पाध्या आउनुपर्ने कारण के छ उनले प्रश्न गरे ।”

एक पटक सरुवा भएरपछि उनको ठाउमा आएका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडललाई १ हप्तामा विस्तावित गर्दै पुन पाध्यायाले थमौति पत्र ल्याएका हुन् । बुद्धभूमि नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि पाध्या प्रमुख प्रशासकीय अधिकृतको भूमिका थिए ।

पछि उनको कैलाली सरुवा भयो । पछि पुनः थमौती लिएर बुद्धभूमिमै आए । यहाँ दुई बर्ष विताए । अहिले मन्त्रालयले सरुवा गरेर रुकुम पश्चिम पठाएको छ । उनी त्यहाँ जान मानेनन् । राजनीति दबाबबाट थमौती लिएर फेरी बुद्धभूमि आएका छन, नगर प्रमुख श्रेष्ठले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा पठाएको व्यक्तिलाई एक हप्तामै थमौती दिएर कर्मचारी र जनप्रतिनिधिबीच द्धन्द्ध बढाउने काम गरेको उनले बताए । पाध्या नगरमा रहुन्जेल जनताको काम गर्न गाह्रो भएको पनि उहाँले सुनाए ।

पाध्याले जनप्रतिनिधिसंग सल्लाह नगरि आर्थिक कारोबार गर्दै आएको, पटक पटक नगर कार्यपालिकामा पाध्याका बारेमा कुरा उठे पनि कार्यान्वयन नभएको, कार्यालयमा उपस्थिती न्यून भएको, हाजिर कहिल्यै नगर्ने, कर्मचारीको विदा, समय पालनाको बारेमा मतलव नगर्ने , कर्मचारी र जनप्रतिनिधिलाई एक आपसमा बझाउने काम गरेको पत्रकार सम्मेलनमा वडा नं १ का अध्यक्ष तेज बहादुर बस्नेतले बताए ।

पाध्याको सरुवा पछि उत्पन्न विवादको फाइदा उठाएर आफु र नगरपालिकाको चरित्रहत्या गर्न केही व्यक्ति लागेको पनि उनले श्रेष्ठले सुनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ