सामुदायिक विकास कार्यक्रमको अनुगमन

समाचार

9/26/2019

राकेश यादव, रौतहट, ९ असोज । बेलायत सरकार तथा बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण सस्था आरआरएनद्वारा संचालित सामुदायिक विकास कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा संचालित पूर्वाधार निर्माणका योजनाहरुको बुधबार संयुक्त अनुगमन सम्पन्न भएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत गठित उपभोक्ता समूह मार्फत निर्माण भएको बर्थिंग सेन्टर सामुदायिक विद्यालय र वडा कार्यालयको भवनको संयुक्त रुपमा अनुगमन गरिएको हो । स्वास्थ्य संस्थाको निर्माण पछि स्थानियहरु हर्षित देखिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ