वडा अध्यक्षले गरे तालाबन्दी

समाचार

10/1/2019

कपिलवस्तु, १४ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भाद्र १ गते सरुवा भएका कर्मचारी पुनः भाद्र १२ गते मन्त्रालयको पत्र लिएर आएपछि एक वडा अध्यक्षले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

बुद्धभूमि नपा वडा न १ का अध्यक्ष तेज बहादुर बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाद्र १ गते मेघनाथ पाध्यालाई रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सरुवा गरेको थियो ।

यता बुद्धभूमि नगरपालिकामा शिवराज नगरपालिकाबाट सरुवा तथा रमाना लिएर गएका शेषकान्त पौडेलको सरुवा भई ८ गते नगरपालिकामा हाजिर भएका थिए ।

आइतबार अर्थात असोज १२ गते मात्र शेषकान्त पौडेललाई कार्यपालिकाको बैठक र स्वागत गरिएको थियो । सोही दिन सरुवा भएर गएका मेघनाथ पाध्याले मन्त्रालयवाट पत्र लिएको जानकारी पाएपछि वडा अध्यक्षले तालावन्दी गरे ।

उनको तालाबन्दीको मुख्य माग त्यहाँ केही दिन अघि सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको पर्सा जिससमा भएको सरुवा बदर हुनुपर्ने रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ