रुपन्देही, १८ मंसिर । काठमाडौंमा विद्युतीय बस चलाइरहेको सुन्दर यातायात प्रा.लि ले रुपन्देहीमा पनि ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
त्यसका लागि सुन्दर यातायातले बुटवलको तीनकुनेमा शाखा कार्यालय स्थापना गरिसकेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई मध्यनजर गरी काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीबाट सेवा विस्तार गर्न थालिएको प्रालिका सञ्चालक डीआर घिमिरेले बताए ।
विद्युतीय बस डिजेल गाडी भन्दा पूर्ण वातावरणनुकूलित सुविधायुक्त, आधुनिक र वातावरणमैत्री हुनुका साथै भाडादर पनि २० प्रतिशत सस्तो हुने घिमिरले बताए ।
शाखा कार्यालयको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सुर्दशन वरालले बढ्दो ब्यापार घाटा कम गर्न र वातावरण संरक्षणका लागि पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए ।
तपाईको प्रतिक्रिया