विद्युत चुहवाट कम गर्न स्थानीय निकायबाट नै पहल गरिने

समाचार

10/28/2018

कपिलवस्तु, ९ कार्तिक । कपिलवस्तुको मायादेवी गाउँपालिकाले विद्युत चुहवाट कम गर्नका लागि आफ्नै गाउँपालिका स्तरीय समिति बनाउन लागेको छ ।

मायादेवी गाउँपालिकाको अयोजना तथा नेपाल विद्युत प्रधिकारण तौलिहवा वितरण केन्द्रको सहजिकरणमा भएको अन्तरक्रिया कार्यक्रममा मायादेवी गाउँपालिका स्तारिय विद्युत चुहवाट नियन्त्रण समिति बनाउने गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताएका छन् ।

विद्युत चुहवाट कम गर्नको लागि गाउँपालिका भित्र विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम संचालन गर्ने बताएका छन् । कुर्मीले अबको दिनमा विद्युत कार्यालयसँग समन्वय गरि सबैको घरमा मिटर जडान गर्ने बताएका छन् ।

गाउँपालिकाको विभिन्न सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा मिटर जडान, तार तान्ने, विद्युत ट्रन्सफारमर, समयमा मिटर रिडिङ्ग नहुने जस्ता समस्यहरु आएका थिए ।

सो समयस्यहरुको समाधानको लागि अबका दिनमा जे जास्तो भए पनि मिटर वितरण तथा जडान, विद्युत तार तन्ने, पोल, ट्रन्सफारमर, समयमा मिटर रिडिङ्ग सबै समयमा हुने नेपाल विद्युत प्रधिकारण तौलिहवा वितरण केन्द्रका प्रमुख जय कुमार यादवले प्रतिबद्धाता व्यक्त गरेका छन् ।

मायादेवी गाउँपालिकामा कति मिटरको अवश्यकता रहेको छ । सबै अवश्यकताका अधारमा मिटर उपल्बध गराउने समेत यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ