काठमाडौँ, १२ असार । रिलायन्स पब्लिक स्कुलले इन्डो—नेपाल शिक्षक विद्यार्थी पारस्पारिक भ्रमणको दोस्रो संस्करण सम्पन्न गरेको छ ।
असार ४ देखि ८ गतेसम्म आयोजना दोस्रो भएको उक्त कार्यक्रममा जयपुर, राजस्थानका भारतीय विद्या भवन आश्रमबाट ९ जना विद्यार्थी र दुई जना शिक्षक—शिक्षिका सहभागी भएका छन् ।
यस कार्यक्रममा दुई विधालयका विधार्थीबीच भारत र नेपाल बीचको व्यापार तथा ट्रेडबारे विभिन्न गतिविधि सञ्चालन गरिएको रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल वसन्तलाल लामिछानेले बताए । दुवै देशका विद्यार्थीलाई दिइएको विषय ‘ट्रेड एन्ड बिजनेस’ मा दुवै देशका विद्यार्थीले चार्ट पेपर प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया