विद्यालय छड्केमा प्रध्यानाध्यापकसहित १० जना शिक्षक फेला

समाचार

9/20/2019

रौतहट, २ असोज । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाअन्तर्गत संचालित रहेका सामुदायिक विद्यालयहरुको बिहीबार गरिएको छड्के अनुगमनको क्रममा १० जना शिक्षक शिक्षिका अनुपस्थित फेला परेका छन् ।

नगरको शिक्षाको स्तर उकास्नको निमित्त नगरपालिकाले सञ्चालन गरेको विद्यालय निरीक्षण अभियानअन्तर्गत नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताको नेतृत्वमा रहेका शिक्षा समितिको टोलीले गरेको छड्केका क्रममा एक जना प्रध्यानाध्यापकसहित १० जना शिक्षा विद्यालयभन्दा बाहिर फेला परेका हुन् ।

स्थानीय जनता माध्यमिक विद्यालय औरैयाको प्रध्यानाध्यापक नरनारायण सिंह, शिक्षक अवधेश तिवारी, कमलेश कुमार सिंह, संजय यादव, सुरेन्द्र सिंह, लालबाबू पंडित, शिक्षिका माधुरी झा, ममता श्रीवास्तव, मंगला देवी, शंकर प्राथमिक विद्यालयको अनुगमन गर्दा शिक्षक रामानन्द साह विद्यालयमा अनुपस्थित भेटिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ