नेपालद्वारा गृह जिल्लामा विपन्नलाई कम्बल वितरण

समाचार

12/31/2019

रौतहट, १५ पुस । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका चिसो प्रभावित विपन्न नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

शीतलहरले अत्यधिक प्रभावित गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा चिसो प्रभावितलाई नेता नेपालले न्यानो लुगा वितरण गरेका हुन् । 

नेता नेपालले अति विपन्न, दलित तथा असहाय करिब चार सय महिलाहरुलाई कम्बल वितरण गरे । शीतलहर र अत्याधिक बढेको चिसोमा विपन्नलाई कम्बल वितरण गर्दा उनीहरुलाई ठूलो राहत मिलेको गढीमाई नगरपालिकाको नेकपा अध्यक्ष रामपुकार राय यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ