उदयपुर, १९ कार्तिक । त्रियुगा नगरपालिका–११ बिशालनगर बस्ने देबिचरण भट्टराईको घरबाट विभिन्न धनमाल चोरी भएको छ ।
नगद ७३ हजार रुपैयाँ तथा सुनको विभिन्न गहना समेत गरी करिब ४ लाख ३७ हजार रुपैयाँ र सोही ठाउँ बस्ने श्याम खड्काको घरबाट नगद १० हजार रुपैयाँ तथा करिब १२ तोला चाँदी सोमबार राति चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया