वीरगन्ज, २५ मंसिर । वीरगन्जको विर्तामा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडावासिको समस्या र गुनासो तथा रायसुझाव र बुझनको लागी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४को विर्तामा मगंबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी समक्ष वडाका अगुवा, स्थानीय जनप्रतिनिधि तथा प्रबुद्धबर्गद्धारा नगरवासीले भागदै आएका विभिन्न समस्या तथा गुणासाहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडामा रहेका विभिन्न मेडिकल अस्पतालहरुद्धारा हुने गरको फोहरको व्यवस्थापन, विर्ताकोे माछा वजारले सडकमा लाग्ने गरेको जाम, विर्ता मन्दिरको व्यवस्थापन विद्यालय तथा धर्मशालाको उद्धार लगायतका विभिन्न समस्याको बारेमा सहभागीहरुले नगर प्रमुख विजय कुमार सरावगीकोे ध्यानाकर्षण गराएका थिए ।
वडा सदस्य हकहित संरक्षण मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले दलगत स्वार्थबाट माथि उठेर वीरगन्जको विकासको लागी आफु अनवरत रुपमा काम गरिरहेको बताउदै सबैको सल्लाह अनुसार नयाँ विरगन्जको गुरुयोजना छिटै लागु हुने बताए ।
उनले सम्भवत वीरगन्जको मेनरोडलाई १५–१५ मिटर फराकिलो गर्ने निर्णय छिटै हुन लागेको बताउँदै संघीय सरकारको निर्णयको पर्खाइमा विभिन्न महत्वकाक्षी योजनाहरु लागु हुन नसकेको बताए ।
तपाईको प्रतिक्रिया