वीरगन्ज, ११ भाद्र । सहरी विकासमन्त्री मो.इस्तियाक राईले वीरगन्जमा अन्तर्राष्ट्रियस्तरको सभाहल बनाइने बताएका छन् ।
उनले वीरगन्जलाई २ हजार जना अट्ने अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाउन रकम दिने घोषणा गरेका छन् । वीरगञ्जले दिएको योगदानलाई कदर गर्दै विकासका योजना दिइएको मन्त्री राईले बताए ।
बस टर्मिनल उद्घाटन समारोहमा सांसद विमल श्रीवास्तव, प्रदिप यादवले वीरगञ्जलाई राज्यले सँधै उपेक्षामा राखेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक योजना दिन आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया