वीरगन्ज, ६ असोज । चेली कृषी सहकारी संस्था लि. वीरगंजको अयोजनामा र आफन्त नेपाल, ललितपुरको सहयोगमा उद्घोष तालिम कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।
तीनदिने उद्घोष तालिम कार्यक्रममा वीरगंजमा अधिकाँश सक्षम महिलाहरुले सहभागिता जनाएका छिन् ।
वीरगंज वडा नं.१६ स्थित रहेको चर्चको सभाहलमा उद्घाटन कार्यक्रममा चेली कृषी सहकारी संस्थाका अध्यक्ष कमला घिमिरे, कार्यक्रममा प्रमुख अतिथि वडा नं.१६ का अध्यक्ष श्याम चौरसिया, विशिष्ट अतिथिमा आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई नेपाल टेलिभिजनका नेहाल खान, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष केसी लामिछाने, आफन्त नेपालका संयोजक तारा सापकोटा र मध्ये नेपाल साप्ताहिककी कविता खड्गा रहेका छन् ।
परिक्षार्थीहरुमा मिना कार्की, नानु लाला, सोभा श्रेष्ठ र कार्यक्रम सञ्चालन जेबिना महर्जनले गरेका थिए ।
तपाईको प्रतिक्रिया