वीरगन्ज, १६ कार्तिक । वीरगन्ज महानगरपालिकाद्धारा लागु भएको उज्यालो बिरगंज कार्यक्रमको नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।
अत्याधुनिक प्राविधिक उपकरण जडान सहितको लाइटद्धारा महानगरपालिकाको सहरी तथा ग्रामिण भेगलाई उज्यालो बनाउने उदेश्यका साथ महानगरपालिकाले चालु आर्थिक बर्षदेखि लागु उक्त कार्यक्रमको नगर प्रमुख सरावगीले शुक्रबार साँझ दुइटा टावर लाइट बालेर उद्घाटन गरेका हुन् ।
“उज्यालो वीरगन्ज अभियान’’ अन्तर्गत माहानगर भित्र यसबर्ष दसवटा टावर लाईट लगाउने योजना रहेकोे र त्यसमध्ये वार्ड न. १९ बिन्दवासीनीको केहुनिया चौक र वार्ड १० अन्तर्गत आदर्शनगर रंगशालामा जडान भएको टावर लाईटहरुको उद्घाटन गर्दै उक्त अभियानको उद्घाटन गरिएको हो । बाँकी टावर लाइटहरुको यहि कार्तिकको अन्तिमसम्ममा संचालन हुने महानगरपालिकाले जनाएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने दुइ बर्ष भित्र पुरै वीरगंज महानगरमा समय अनुसार स्वचालित टावर तथा रोड लाइट जडान गरी महानगरपालिकामा “उज्यालो वीरगंज अभियान’’ लाई पुरा गरिने बताए । उनले महानगरपालिकाको सबै सडक तथा चौकहरुलाई अत्याधुनिक पोलबत्ती जडान गरि वीरगंजलाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रिय सदस्य शशी कपुर मियाँ, वार्ड अध्यक्ष सन्तोश तिवारी, राजनैतिक सल्लाहकार मुकेश द्विवेदी, कार्यपालिका सदस्य सुशील साह कानु, स्वास्थ समिति सदस्य सजन अग्रबाल, युवा नेता पिन्तु उपाध्याय, समाजसेवी मुर्ली जलान र स्थानीय नेता प्रमोद यादव, केदार साह, प्रभु यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया