वीरगन्ज, २७ कार्तिक । वीरगन्ज महानगरपालिकामा निर्माण भएका छठघाटहरुको अनुगमन तथा निरीक्षण कार्यलाई महानगर प्रमुख विजयकुमार सरावगीले तिव्रता दिएका छन् ।
पर्वको अन्तिम दिन पनि उनी महानगरपालिकाको विभिन्न वडामा भइरहेका छठघाटहरुमा पुगी छठपुजाको तैयारी तथा घाट व्यवस्थापनको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा अगुवा लगायत सबैलाई पर्वको शभकामना व्यक्त गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।
छठपर्वको अवसरमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ अलौको युनिभर्सल युनाइटेड क्लबले आयोजना सरसफाई कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख सरावगीले अलौ गाउँको आफ्नै ऐतिहासिक महत्व रहेको बताउँदै यसको विकासका लागि दलगत स्वार्थबाट माथी उठेर सबैलाई एक साथ अगाडि बढ्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया