वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार सम्मानित

समाचार

10/7/2018

काठमाडौं, २० असोज । खेलकूदका क्षेत्रमा चार दशक बढी योगदा पुर्याएका वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार सम्मानि भएका छन् ।

नेप्लेज डट कमका सल्लाहकार समेत रहेका चित्रकारलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच एन एस एफ स्पोर्टस ग्रुपले नगद सहित सम्मान गरेको हो ।

वरिष्ठ फोटो पत्रकार चित्रकारलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सो अबसरमा एसियाली खेलकूदका पदकधारी र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेका खेलाडीह पनि सम्मानित भए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ