काठमाडौं, ११ मंसिर । नेपाल वैश्य युवा संघले वैश्यहरुलाई राष्ट्रिय जनगणनामा उपेक्षा गर्दै आएको भन्दै त्यसमा सुधारका लागि आग्रह गर्दै केन्द्रिय तथ्याङ्क विभागमा सोमवार ज्ञापन पत्र बुझाएको छ ।
संघले आफुहरुको ३६ जातिलाई वैश्यमा समावेश गरी तथ्याङ्क संकलन गर्न आग्रह गरेको छ ।
नेपालमा १ सय २५ जातजाति मध्ये १३ वटा जातिलाई मात्रै वैश्य वर्णमा समेटिएको र २३ वटा जातिलाई छुटाएकोले २०७८ सालको जनगणनामा समावेश गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा वैश्य समुदायमा पर्ने सबैजातिलाई समावेश गर्नुपर्ने उल्लेख गरेको छ ।
संघका राष्ट्रिय अध्यक्ष दिलिप चन साहुले बुझाउनु भएको ज्ञापन पत्रमा तेली , सुडी, कानु, कलवार, हलुवाई, मारवाडी, देव, कथवानियाँ, स्वर्णकार, बडही, बरई, कुम्हार र लोहारलाई मात्रै वैश्यमा समावेश गरेको छ र छुटेका रौनियार, अग्रहरी, कौशधन, पौदार, कम्लापुरी, भोजवाल, तुराहा, गौड, बनरवाल, गोलदार, कानकुन्ज, केशरी, लहेरी, कसेरा, तमोली, ठठेरी, बनियाँ, खटिक, गोस्वामी, कमार, पोरवाल, पटुवा र शिवहरे वैश्यलाई समावेश गर्नुपर्ने माग गरेको छ ।
तपाईको प्रतिक्रिया