बसन्त चौधरीको विश्व–काव्ययात्रा न्युयोर्कमा

समाचार

9/19/2019

काठमाडौं, २९ भाद्र । अमेरिकाको न्युयोर्कमा कवि बसन्त चौधरीले एकल कविता वाचन सम्पन्न भएको छ । कवि चौधरीले विश्व–काव्ययात्राको १९ शृंखलाअन्तर्गत अमेरिकाको न्युयोर्क सहरमा एकल कविचावाचन गरेका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास), न्युयोर्क च्याप्टरद्वारा आयोजित १९ औँ शृङ्खलामा चौधरीले एकल कविता वाचन गरेका हुन् । यस अघि क्यानडामा आफ्नो काव्ययात्रा सम्पन्न गरेर न्यूयोर्क आइपुगेका कवि चौधरीले विश्व–काव्ययात्राको २० औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ