काठमाडौं, २२ बैशाख । अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालले विश्व शान्ति सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ ।
नयाँ बानेश्वर स्थित ईन्द्रेणी होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद अन्जना विशंखेले हाम्रो हृदयमा साँचो मानविय सहानुभुति र परोपकारको भावना उत्पन्न गराउन सके विभिन्न धर्म, समुदाय बिचमा प्रेम, सद्भाव, धार्मिक एकता र सहिष्णुता बढाउन यो सम्मेलन सार्थक हुने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायका आध्यात्मिक प्रमुख हजरत मिर्जा मसरुर अहमदले लिएका शान्तिका अभियान सार्थक पार्न आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए ।
जब हामी एक आपसमा परस्पर मिलेर आफ्नो विचार एवं भावनाहरु व्यक्त गर्दछौं तब हामी सोचले कटुता, घृणा, परायापन द्वेसभाव अवश्य समाप्त हुनेछ भनि विश्वास व्यक्त गरे ।
कार्यक्रममा सनातन धर्मका विज्ञ डा. चिन्तामणी योगी, मानवअधिकारबादी कपिल श्रेष्ठ, बौध संस्थाका महासचिव कमल भण्डारी, पूर्व न्यायाधिश ग्रिसचन्द्र लाल लगायतकाले शान्ति स्थापनाको लागि आपसी सदभाव एक आपसमा प्रेमको आवश्यकता माथी प्रकाश पारेका थिए ।
सो अवसरमा अहमदिया मुस्लिम जमाअत भारत, भुटान तथा नेपालको प्रमुख नसिम खान, शेराज अहमद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला नेतृ पुनम यादव, अहमदिया संघ नेपालको राष्ट्रिय उपाध्यक्ष मोहमद ईस्माईल मिया, युवा संगठनका अन्सारुल्लाह लगायत १५० जनाको सहभागीता रहेको संघका महासचिव मोहन अहमदले जानकारी दिए ।
अहमदिया संघ नेपालको राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीको सभापतित्वमा भएको कार्यक्रममा नसिम खानले प्रार्थना गराउँदै कार्यक्रमको समापन गरेका थिए ।
तपाईको प्रतिक्रिया