नेपालगन्ज, ३ मंसिर । पछिल्लो समयमा बाँकेमा क्षयरोगीको संख्यामा वृद्धि भईरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा क्षयरोगका बिरामी बढ्न थालेपछि विभिन्न निकायको सहयोग र सहकार्यमा न्यूनीकरणको अभियान सुरू गरिएको सो कार्यलयका प्रमुखले जानकारी दिए ।
बाँकेमा ७८५ क्षयरोगका बिरामी रहेका छन् । तीमध्ये जिल्लाको खजुरा गाउँपलिकामा सबैभन्दा बढी बिरामी रहेका छन् । त्यसैगरी राप्तीसोनारी गाउँपालिकामा क्षयरोगका बिरामी सबैभन्दा कम रहेका छन् ।
क्षयरोगका बिरामी बढेसँगै नेपाल सिआरएस कम्पनीले सरकारी–नीजि साझेदारी कार्यक्रम अन्तर्गत बाँकेमा क्षयरोग न्युनीकरणको विशेष अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया