शक्ति समूहद्वारा पाँच जना बालिकाको उद्धार

समाचार

7/28/2019

नेपालगन्ज, १२ साउन । शक्ति समूहले पाँच जना बालिकालाई भारतको दिल्लीबाट उद्धार गरेको छ ।

शक्ति समूहले १ जना महिला र ४ जना बालिकालाई भारतको नई दिल्लीबाट उद्धार गरेको छ ।

पाँच जनालाई उद्धार गरी नेपालगञ्ज ल्याइएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी मदन भुजेलको मार्फत शक्ति समूहको केन्द्रिय सुरक्षा आवास काठमाडौंंमा पठाइएको शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिइन् ।

भारतको नई दिल्लीको विभिन्न स्थानमा काम गरिरहेकी बालिकाहरुलाई भारतीय प्रहरी प्रशासनको सहयागेमा उद्धार गरि नेपाल ल्याएको शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत थापाले बताइन् ।

बालिकलाई शक्ति समूहको सुरक्षा आवास गृहमा पठाइएको छ । अभिभावक सम्पर्कमा आएपछि उनीहरुलाई जिम्मा लगाइने शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत थापाले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ