शंकराचार्य गेटमा विदेशी पाहुनालाई स्वागत गरी मनाइयो पर्यटन दिवस

समाचार

9/28/2019

वीरगंज, १० असोज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ ।

वीरगंज महानगर, भिजिट मधेश नेपालको सहकार्यमा संघले आयोजना गरेको विहानको प्रभातफेरी मितेरी पुल नजिकको शंकारचायृ गेटमा गएर समापन भएको थियो ।

आदर्शनगरबाट निकालिएको प्रभातफेरीमा वीरगंजका मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की, होटल व्यवसायी तथा सामाजिक संस्थाका अगुवाहरुको सहभागिता थियो ।

सोही अवसरमा नेपाल प्रबेश गरेका प्रथम बिदेशि पर्यटक फ्रान्सेली नागरिक ओलिभर डि लिभर्टलाई फूलमालाले स्वागत गरी वीरगंज प्रवेश गराइएको थियो ।

फ्रान्सबाट भारत हुँदै उनी नेपाल आइरहेका थिए । ओलिभरलाई वीरगंजका होटल व्यवसायीले निशुल्क रुपमा खाना र वासको व्यवथा मिलाएका होटल व्यवसायीसंग वीरगंजका अध्यक्ष हरि पन्ताले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ