शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरुद्वारा नगरपालिकामा तोडफोड

समाचार

9/28/2019

रौतहट, १० असोज । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको कार्यालयमा शुक्रबार बिद्यार्थीहरुको समूहले तोडफोड गरेको छ ।

नगरपालिकाले शिक्षक सरुवा गरेको विरोधमा स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समूहले शिक्षक सरुवाको निर्णय खारिज गर भन्दै कार्यालयभित्र प्रवेश गरी विद्युतीय उपकरण, फर्नीचर लगायतका सामानहरु तोडफोड गरेर नस्ट गरेका हुन् ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले नगर स्तरको शिक्षामा सुधार ल्याउने उद्देश्यले एक जना प्राध्यानध्यापकसहित ९ शिक्षक शिक्षिकाको सरुवा गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको विरुद्धमा आक्रोशित भएका विद्यार्थीहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको विरुद्ध नाराबाजी गर्दै कार्यालयमा प्रवेश गरी जडान गरिएको सीसी कैमरा, कम्प्यूटर १० थान, कुर्सी ५० थान, झ्यालको सीसा फोड्नुको साथै केही कागजपत्र समेत च्यातेर फालिदिएको बुझिएको छ ।

सयौंको संख्यामा रहेका विद्यार्थीहरुले ढुङ्गामूढ़ा गर्नुको साथै कार्यालय प्रयोजनको निमित राखिएको विद्युतीय उपकरणहरु समेतमा व्यापक रुपमा क्षति पुर्याएको नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ