इटहरी, २२ भाद्र । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
इटहरी उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेवी, सेवा निवृत शिक्षक लगायतलाई सम्मान गरेको हो ।
शिक्षासेवी जगदिश ओलीलाई सम्मान गरिएको छ । यसैगरि उत्कृष्ट विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राष्ट्रिय मावि इटहरीका अध्यक्ष ज्ञान वहादुर विश्वकर्मा, ज्योति मावि इटहरीका प्रधानाध्यापक भैरव सापकोटा र गोपाल पराजुली जब्दि मावि इटहरीका प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।
त्यसैगरि एसईई २०७५ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया